
काठमाडौं । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेकी छन्। नियुक्त भएको करिब एक महिनापछि लुम्बिनी पुगेकी उनले मायादेवी मन्दिरमा पूजाआजा गरेपछि कोषको कार्यालय पुगेर जिम्मेवारी सम्हालेकी हुन्।
गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

