२०८३ मंसिर ४ • शुक्रबार

२२ वर्षीय दक्षिण कोरियाली आरोही डोग्यङ क्वोनद्वारा अमाडब्लम हिमालको सफल आरोहण

Text size

काठमाडौं । २२ वर्षीय दक्षिण कोरियाली आरोही डोग्यङ क्वोन (Dogyeong Kwon) ले अमाडब्लम हिमालकाे (६,८१४ मिटर) सफल आरोहण गरेका छन्। उनी अमाडब्लम हिमाल आरोहण गर्ने सबैभन्दा कान्छा दक्षिण कोरियाली आरोही बनेका छन् ।

ट्रेकिङ क्याम्प नेपाल प्रालिका अनुसार Dogyeong Kwon ले शरद ऋतु २०२६ अक्टोबर २८ तारिखका दिन नेपाली समय अनुसार बिहान ९:३४ बजे अमाडब्लमको शिखरमा पाइला टेकेका हुन्। उनी सन् २०२६ को क्वाङ उन अल्पाइन क्लब ओबी अमाडब्लम एक्सपेडिसन (Kwang Woon Alpine Club OB Ama Dablam Expedition) का सदस्यका रूपमा आरोहणमा सहभागी भएका थिए। उनले आरोहण गाइड दावा फुरी शेर्पासँगै सफलतापूर्वक शिखर चुमेका हुन्।

Kwang Woon Alpine Club OB ले Kwonको सफल आरोहणको घोषणा गर्दै यसलाई दक्षिण कोरियाली पर्वतारोहण क्षेत्रका लागि उल्लेखनीय उपलब्धिका रूपमा व्याख्या गरेको छ।

हालसम्म उपलब्ध ऐतिहासिक पर्वतारोहण अभिलेखका आधारमा क्वोन अमाडब्लम आरोहण गर्ने सबैभन्दा कान्छा दक्षिण कोरियाली आरोही भएको विश्वास गरिएको छ।

ट्रेकिङ क्याम्प नेपाल प्रालिले आयोजना तथा व्यवस्थापन गरेको उक्त पाँच सदस्यीय दक्षिण कोरियाली आरोहण टोली अक्टोबर १६ मा काठमाडौंबाट खुम्बु क्षेत्रतर्फ प्रस्थान गरेको थियो।

The expedition team included :

• Seo Woosuk (62) – Team Leader

• Cheonsoo Kim (57) – Expedition Member

• Dogyeong Kwon (22) – Expedition Member (Successful Summit)

• Jeonghun Yeo (28) – Expedition Member

• Youngsung Lim (60) – Expedition Member

ट्रेकिङ क्याम्प नेपालले क्वोनलाई सफल आरोहणका लागि बधाई दिँदै अभियानमा सहभागी सबै सदस्य तथा शेर्पा आरोहण टोलीप्रति सहयोग र योगदानका लागि आभार व्यक्त गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर