२०८३ मंसिर ४ • शुक्रबार

कोशी प्रदेशद्वारा अन्तर्राष्ट्रिय माउन्टेन लिडर कृष्ण कुमार मगरलाई बधाई तथा शुभकामना

Text size

काठमाडौं। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालको पहिलो UIMLA-प्रमाणित अन्तर्राष्ट्रिय माउन्टेन लिडर बन्न सफल कृष्ण कुमार मगरलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

प्रदेश प्रमुख खापुङले २०८३ कात्तिक १८ गते शुभकामना दिँदै मगरको ऐतिहासिक उपलब्धिको प्रशंसा गरेका हुन्। उनले मगरको सफलताले नेपालको गौरव बढाउनुका साथै देशको पर्वतीय पर्यटन तथा व्यावसायिक माउन्टेन लिडरसिप क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

सोलुखुम्बु जिल्लाको टाप्टिङ वडा नं. २ तथा हालको सोलुदुधकुण्ड नगरपालिका–१० निवासी मगर युनियन अफ इन्टरनेसनल माउन्टेन लिडर्स एसोसिएसन (UIMLA) बाट मान्यता प्राप्त गर्दै नेपालको पहिलो UIMLA-प्रमाणित अन्तर्राष्ट्रिय माउन्टेन लिडर बन्न सफल भएका हुन्।

उनको यस उपलब्धिलाई नेपालको पर्वतीय पर्यटन तथा व्यावसायिक माउन्टेन लिडरसिप क्षेत्रको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यसले नेपालको पर्वतीय नेतृत्वलाई अन्तर्राष्ट्रिय मापदण्डसँग जोड्न तथा व्यावसायिक माउन्टेन गाइडिङको विकासमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रदेश प्रमुख खापुङले नेपालको व्यावसायिक पर्वतीय नेतृत्व तथा अन्तर्राष्ट्रिय गाइडिङ मापदण्डको विकासमा मगरको उपलब्धि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनको आगामी यात्राको निरन्तर सफलताको कामना गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर