
काठमाडौं । पर्वतारोहण संचालक संघ नेपालले हिमलुङ हिमालको चुचुरोसम्म आरोहण मार्ग खोल्ने तथा डोरी टाँग्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।
संघका महासचिव ऋषि राम भण्डारीका अनुसार हिमलुङ हिमालमा बाटो खोल्ने तथा डोरी टाँग्ने टाेलीले सन् २०२६ अक्टोबर २४ गते बिहान ८:१५ बजे आरोहण मार्ग खोल्ने तथा डोरी टाँग्ने काम सम्पन्न भएको हो।
नुरी शेर्पाको नेतृत्वमा खटिएको टोलीले हिमलुङ हिमालको चुचुरोसम्मकाे आरोहण मार्ग खोलेको थियो। उक्त टोलीमा टोली नेता नुरी शेर्पासहित आरोही सदस्यहरू सुकुबहादुर तामाङ र दावा नुर्बु शेर्पा सहभागी थिए।
यस वर्ष प्रतिकूल मौसम, अत्यधिक हिमपात, हिमपहिरो तथा अन्य प्राकृतिक चुनौतीका कारण मनास्लु, अन्नपूर्ण चौथोलगायतका हिमालमा आरोहण मार्ग निर्माण तथा डोरी टाँग्ने कार्य कठिन बनेको छ। चुनौतीका बाबजुद पर्वतारोहण संचालक संघ नेपालको समन्वय, सम्बन्धित आरोहण कम्पनीहरूको सहकार्य तथा अनुभवी शेर्पा आरोहीहरूको अथक मेहनत, साहस र समर्पणका कारण आमादब्लम र हिमलुङ हिमालमा आरोहण मार्ग निर्माण तथा डोरी टाँग्ने काम सफलतापूर्वक सम्पन्न भएको महासचिव भण्डारीले बताए।

