२०८३ मंसिर ४ • शुक्रबार

पोखरा विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन उडाउन प्रतिबन्ध

Text size

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पुरानो पोखरा विमानस्थल आसपासका क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउन र लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सर्वसाधारणलाई यस्ता गतिविधि नगर्न आग्रह गरेको हाे ।

कार्यालयका अनुसार विमानस्थलमा हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउँदा वा लेजर लाइट प्रयोग गर्दा विमानको उडान तथा अवतरणमा जोखिम उत्पन्न हुन सक्छ।

त्यस्तै, विमानस्थल आसपास जथाभावी फोहोर फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउनेजस्ता गतिविधि नगर्न पनि कार्यालयले अनुरोध गरेको छ। यस्ता गतिविधिले चराचुरुङ्गी तथा अन्य वन्यजन्तुको आवागमन बढाउन सक्ने र त्यसबाट विमानको उडान तथा अवतरणमा बाधा पुग्न सक्ने कार्यालयको भनाइ छ।

कार्यालयले फोहोरमैला तथा मृत पशुपन्छीको उचित व्यवस्थापन गरी सुरक्षित हवाई सेवा सञ्चालनमा सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

साथै, सूचनाको अवज्ञा गर्दै निषेधित गतिविधि गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने कार्यालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर