२०८३ मंसिर ५ • शनिबार

परमेश्वरको मण्डलीद्वारा भोटेकोशी बाढीपीडितलाई आपत्कालीन राहत

Text size

काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका बासिन्दाका लागि आपत्कालीन राहत सामग्री सहयोग गरेको छ।

मण्डलीले बाढीपीडितका लागि नुवाकोटको विदुरस्थित जिल्ला प्रशासन कार्यालयमार्फत राहत सामग्री हस्तान्तरण गरेको हो। राहत सामग्रीमा १५ हजार २५० किलो चामल, ६ हजार १२५ किलो दाल र २ हजार लिटर खाने तेल रहेका छन्।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत होमनाथ दाहालले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज बाढीबाट प्रभावित परिवारको लागि आज राहत स्वरुप चामल, दाल र तेल हस्तान्तरण गरेकाे छ । हाल दशैको समयमा खाद्यान्न अभाव भएको उचित समयमा राहत वितरण गरेको छ ।

यस्तैगरी कार्यक्रममा पुर्वधार विकास कार्यालय नुवाकोटका इन्जिनियर रबिन खातीले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज बाढी पिढितका लागि खाद्यान्न ल्याएकाे छ, यसले खाद्यान्नको अभाव भएको यस जटिल अवस्थामा राहत वितरण गरेकाेमा मणडलीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

"परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आपत्कालिन अवस्थामा राहत आएको थियो हाल दाताहरुको कमिले खाद्यान्नको चरम अभाव भएको अवस्थामा तपाईहरुले आज खाद्यान्न ल्याईदिनुभयो", विदुर नगरपालिका वडा नम्बर ४ का निलम बाबु ढुङ्गेल अध्यक्षले भने । आज मात्र नभएर अन्य समयमा पनि सहयोगको अपेक्षा राखेका छौं, आउने दिनहरुमा हाम्रो नगरपालिका र वडाको तर्फबाट गर्नुपर्ने सहयोगहरु गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

बाढीबाट प्रभावित परिवारको दैनिक जीवनयापनमा सहयोग पुर्‍याउने तथा खाद्य आवश्यकतालाई केही हदसम्म सम्बोधन गर्ने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको मण्डलीले जनाएको छ।

मण्डलीका अनुसार उक्त राहत सहयोग जलवायु उत्थानशीलताका लागि सञ्चालन भइरहेको ‘Build Hope!’ अभियानअन्तर्गत गरिएको हो। अभियानले बाढी, भारी वर्षा, अत्यधिक गर्मीलगायत जलवायुजन्य विपद्बाट प्रभावित समुदायलाई तत्काल सहयोग गर्नुका साथै विपद्को जोखिम न्यूनीकरण र स्थानीय समुदायको जलवायु उत्थानशीलता बढाउने उद्देश्य राखेको जनाएको छ।

परमेश्वरको मण्डलीका विश्वासीहरूले नेपालमा यसअघि पनि आपत्कालीन राहत, रक्तदान, वातावरण सरसफाइ तथा पुनःस्थापनालगायत विभिन्न सामाजिक सेवाका गतिविधि सञ्चालन गर्दै आएको जनाइएको छ। सन् २०१५ को विनाशकारी भूकम्पका समयमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गर्नुका साथै प्रभावित क्षेत्रको पुनःस्थापना र भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा समेत सहयोग गरेको मण्डलीले जनाएको छ।

मण्डलीले बागमती प्रदेशका भरतपुर र काठमाडौं, कोशी प्रदेशको सुन्दरहरैंचा, लुम्बिनी प्रदेशको नेपालगन्ज तथा कर्णाली प्रदेशको वीरेन्द्रनगरलगायत विभिन्न स्थानमा वातावरण सरसफाइ तथा समुदाय केन्द्रित सेवामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। त्यसैगरी स्थानीय समुदायमा रगतको अभाव कम गर्न नियमित रक्तदान कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।

मण्डलीका अनुसार ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’ अन्तर्गत नेपालमा हालसम्म ५४ पटक बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

परमेश्वरको मण्डलीको स्थापना सन् १९६४ मा दक्षिण कोरियामा भएको हो। मण्डलीका अनुसार विश्वका १७५ राष्ट्रका ७ हजार ८०० भन्दा बढी क्षेत्रमा करिब ४० लाख विश्वासी रहेका छन्। मण्डलीले सामाजिक सेवा, वातावरण संरक्षण, रक्तदान तथा विपद् राहतलगायत क्षेत्रमा विश्वव्यापी रूपमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर