
काठमाडौं । सगरमाथा प्रदूषण नियन्त्रण समितिको (एसपीसीसी) अध्यक्षमा लामा काजी शेर्पा पुनः निर्वाचित भएका छन्। सोलुखुम्बुको नाम्चे बजारमा सम्पन्न समितिको ३३औँ वार्षिक साधारण सभाले शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
सगरमाथा क्षेत्रको वातावरण संरक्षण, फोहोर व्यवस्थापन तथा पर्वतीय क्षेत्रमा दिगो पर्यटन प्रवर्द्धनका लागि समितिले गर्दै आएका गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ कार्यसमिति चयन गरिएको हो।
साधारण सभाबाट डोल्मा छिरीङ शेर्पा उपाध्यक्ष, पेम्बा छिरी शेर्पा महासचिव र ङिमा नुरू शेर्पा कोषाध्यक्षमा निर्वाचित भएका छन्।
त्यस्तै, सदस्यहरूमा आङ माया शेर्पा, ङिमा याङजी शेर्पा, पासाङ नुरू शेर्पा, पेमा ओङगेल शेर्पा, पेमा छोसाङ शेर्पा, छेतेन डोमा शेर्पा र छिरिङ किन्जु शेर्पा निर्वाचित भएका छन्।


