२०८३ आश्विन २० • मंगलबार

अमाडब्लम र हिमलुङ हिमालका रोप फिक्सिङ टोलीलाई पर्वतारोहण संचालक संघको बिदाइ

Text size

काठमाडौं । पर्वतारोहण संचालक संघ नेपाल (EOA-NEPAL) ले शरद ऋतु २०२६ का लागि अमाडब्लम र हिमलुङ हिमालमा आरोहण मार्ग निर्माण तथा रोप फिक्सिङको जिम्मेवारी पाएका टोलीलाई बिदाइ गरेको छ।

संघका महासचिव ऋषिराम भण्डारीका अनुसार आज (सोमबार) संघले दुबै हिमालका रोप फिक्सिङ टोलीलाई बिदाइ गरेको हो।

संघका अध्यक्ष डम्बर पराजुलीले टोलीलाई पर्वतारोहण सञ्चालक संघ नेपाल र नेपाल सरकार, पर्यटन विभागका झण्डा हस्तान्तरण गर्दै सुरक्षित तथा सफल कार्यसम्पादनका लागि शुभकामना व्यक्त गरे।

शरद ऋतु २०२६ मा हिमलुङ हिमालको आधार शिविर तथा आवश्यक व्यवस्थापनको जिम्मेवारी Snowy Horizon Treks & Expedition ले लिएको छ भने अमाडब्लम हिमालको आधार शिविर तथा अन्य व्यवस्थापन Himalayan Guides Nepal Treks & Expedition ले गर्नेछ।

हिमलुङ हिमालको मार्ग निर्माण तथा रोप फिक्सिङ टोली सेप्टेम्बर २३ तारिखका दिन काठमाडौंबाट प्रस्थान गर्नेछ। यस्तै, अमाडब्लम हिमालको रोप फिक्सिङ टोली मंगलबार बिहान काठमाडौंबाट प्रस्थान गर्ने संघले जनाएको छ।

शरद ऋतुको आरोहणका लागि अमाडब्लम र हिमलुङमा आरोहण मार्गलाई सुरक्षित र व्यवस्थित बनाउन रोप फिक्सिङ टोलीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने संघले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर