२०८३ आश्विन २० • मंगलबार

असोज ७ देखि ११ सम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

Text size

काठमाडौं । लामोदुरीकाे पदयात्रा तथा अन्य यात्रा गर्दा मौसमको पछिल्लो अवस्था बुझेर मात्र यात्रा योजना बनाउन मौसम विज्ञान विभागले सतर्क गराएको छ।

नेपाल मौसम विज्ञान विभागका सन्जिब अधिकारी, मौसमविद्का अनुसार बंगालको खाडीको पूर्वी भू–भाग, उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्र बनेको छ । अन्डमान सागर तथा आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र विकसित भएको छ । जुन क्रमशः बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने सम्भावना देखिएको छ।

प्रारम्भिक आकलन अनुसार उक्त प्रणाली असोज ७ गते आसपास दक्षिण ओडिशा–उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिक पुग्न सक्ने अनुमान मौसम विज्ञान विभागले गरेको छ।

यस प्रणालीको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव नेपालमा पर्न सक्ने मौसमविद्हरूले बताएका छन्। मौसमविद सञ्जिव अधिकारीका अनुसार प्रणाली जमिनमा प्रवेश गरेपछि यसको वास्तविक दिशा, तीव्रता र नेपालमा पर्ने प्रभावबारे थप स्पष्ट हुने भएकाले अहिले नै प्रभावित हुने स्थान र वर्षाको मात्रा यकिन गर्न कठिन रहेको छ।

प्रारम्भिक मौसम पूर्वानुमानअनुसार पूर्वदेखि पश्चिमसम्मका विभिन्न भू–भागमा वर्षाको प्रभाव पर्न सक्ने सम्भावना रहेको मौसमविद् सन्जिब अधिकारीले जानकारी दिए । साथै, सोही अवधिमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावसमेत मिसिएमा वर्षा थप सक्रिय हुन सक्ने अनुमान गरिएको छ।

मौसमविद् सन्जिब अधिकारीका अनुसार यही असोज ७ देखि ११ गतेसम्म नेपालमा उक्त प्रणालीको प्रभाव देखिन सक्ने सम्भावना छ। यस अवधिमा विशेषगरी वर्षा, सडक तथा हवाई यातायात र पर्यटन गतिविधिमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

पदयात्रा तथा लामो दूरीको यात्रा गर्नेहरूले मौसमको पछिल्लो अवस्था बुझेर मात्र यात्रा योजना बनाउन र विभागबाट जारी हुने आधिकारिक सूचना तथा चेतावनीलाई मध्येनजर गरि योजना बनाउनु उचित हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर