२०८३ आश्विन २० • मंगलबार

हिमलुङ र अमाडब्लम हिमाल आरोहणका लागि बाटो खोल्ने तयारी

Text size

काठमाडौं । शरद ऋतु २०८३ को हिमाल आरोहण सिजनलाई लक्षित गर्दै हिमलुङ हिमाल र अमाडब्लम हिमालमा बाटो खोल्ने तथा डोरी टाँग्ने तयारी थालिएको छ । बाटो खोल्ने तथा डोरी टाँग्ने कामका लागि आवश्यक आरोहण सामग्री सम्बन्धित व्यवस्थापन एजेन्सीहरूलाई हस्तान्तरण गरिएको हो।

पर्वतारोहण सञ्चालक संघ नेपालका अध्यक्ष डम्बर पराजुलीले आवश्यक डोरीलगायतका आरोहण सामग्रीहरु सम्बन्धित एजेन्सीहरूलाई औपचारिक रूपमा बिहीबार हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा नेपाल पर्वतारोहण संघका महासचिव राजेन्द्र बहादुर लामा, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव सोनाम ग्याल्जेन शेर्पालगायत पर्यटन तथा पर्वतारोहण क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

पर्वतारोहण सञ्चालक संघ नेपालका अनुसार अब दक्ष आरोही तथा डोरी टाँग्ने टोलीलाई सम्बन्धित हिमालतर्फ पठाएर बाटो खोल्ने र डोरी टाँग्ने काम सुरु गरिनेछ।

यसले शरद ऋतुमा आरोहणका लागि जाने पर्वतारोहीहरूलाई आवश्यक मार्ग तथा सुरक्षा पूर्वाधार तयार गर्न सहयोग पुग्ने पर्वतारोहण सञ्चालक संघ नेपालका महासचिव ऋषिराम भण्डारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर