२०८३ आश्विन २० • मंगलबार

चङ्गा, ड्रोन र बेलुन नउडाउन आग्रह विमानस्थलको आग्रह

Text size

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थल आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन लगायतका वस्तु नउडाउन, लेजर लाईट प्रयोग नगर्न सबैमा अनुरोध गरेको छ ।

कार्यालयले बुधबार जारी गरेको सूचनामा विमानस्थलको प्रवाह क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउने तथा लेजर लाईट प्रयोग गर्ने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै त्यसतो आग्रह गरेको जनाएको छ ।

सूचनाको अवज्ञा गरी त्यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने चेतावनीसमेत दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर