२०८३ आश्विन २० • मंगलबार

युएनडिओद्वारा प्रधानमन्त्री राहत कोषलाई ५१ लाख ५५५ रुपैयाँ हस्तान्तरण

Text size

काठमाडौं । युनाइटेड नेपाली डायास्पोरा अर्गनाइजेसन (युएनडिओ) ले बढीपीडितको सहयोगार्थ संकलन गरेको प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण गरेको छ ।

युएनडिओका अध्यक्ष सोनाम लामाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनाल मार्फत बाढीपीडितको सहयोगार्थ संकलित ५१ लाख ५५५ रुपैयाँ प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण गरेको हो ।

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पुऱ्याउने उद्देश्यले उक्त रकम संकलन गरि हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।

रकम हस्तान्तरण कार्यक्रममा ग्ल्म्इ का उपाध्यक्ष त्रिलोक गुरुङ, कोषाध्यक्ष उल्का घिमिरे, सल्लाहकार जानकी गुरुङ, अस्ट्रेलियाबाट समिम अनवार, कुवेतबाट पुष्कर धामी तथा संस्थाकी सीओ अस्मिता घिमिरे लगायतको सहभागिता रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर