२०८३ आश्विन २० • मंगलबार

बाढीपीडितका राहत सामग्री ढुवानीमा नेपाल वायुसेवा निगमको शुल्क छुट

Text size

काठमाडौं । नेपाल वायुसेवा निगमले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको ढुवानीमा लाग्ने शुल्क छुट गर्ने भएको छ।

निगमले आफ्नो संस्थागत सामाजिक

उत्तरदायित्वअन्तर्गत अन्तर्राष्ट्रिय स्टेसनबाट नेपालमा बाढीपीडितका लागि पठाइने राहत सामग्रीमा लाग्ने निगमसँग सम्बन्धित सम्पूर्ण शुल्क एक महिनाका लागि पूर्ण रूपमा छुट गर्ने निर्णय गरेको हो।

निगमका अनुसार सम्बन्धित दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्रका आधारमा राहत सामग्री ढुवानीमा यस्तो छुट उपलब्ध हुनेछ। खाद्यान्न, औषधि, लत्ताकपडालगायत आवश्यक राहत सामग्रीमा छुट लागू हुने निगमले जनाएको छ।

विपद्को समयमा मानवीय सहयोगलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले निर्णय गरिएको निगमको भनाइ छ। यसबाट विभिन्न मुलुक तथा संघसंस्थाबाट नेपाल पठाइने राहत सामग्री प्रभावित समुदायसम्म छिटो पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

निगमले यो व्यवस्था आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको जनाएको छ। पछिल्लो बाढी तथा प्राकृतिक विपद्पछि राहत सामग्रीको हवाई ढुवानी सहज बनाउने प्रयासमा अन्य वायुसेवा कम्पनीहरूले पनि सहुलियत घोषणा गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर