२०८३ आश्विन २० • मंगलबार

बाढीपहिरो प्रभावित रसुवामा सोवर्स एक्सन नेपालद्वारा सोलार र अक्सिजन कन्सन्ट्रेटर वितरण

Text size

काठमाडौं । भोटेकोशी बाढीपहिरोबाट प्रभावित रसुवाका स्थानीयलाई सोलार प्यानल, ब्याट्री तथा अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको छ।

सोवर्स एक्सन नेपालले भोटेकोशी बाढीपहिरो प्रभावित समुदायलाई राहतस्वरूप सोलार प्यानल, ब्याट्री र अक्सिजन कन्सन्ट्रेटर वितरण गरेको हो।

संस्थाका अध्यक्ष पासाङ वान्डी शेर्पा स्वयं रसुवा पुगेर आइतबार प्रभावित क्षेत्रमा राहत सामग्री हस्तान्तरण गरेका हुन्। संस्थाले प्रभावित समुदायलाई १८५ वटा साना पोर्टेबल सोलार प्यानल, २८ वटा ठूला सोलार प्यानल, ब्याट्री तथा दुईवटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको जनाएको छ।

बाढीपहिरोका कारण विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै स्वास्थ्य सेवामा समेत कठिनाइ भइरहेको अवस्थामा राहतस्वरूप सोलार प्रणाली र अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको हो। सोलार प्यानल र ब्याट्रीले प्रभावित क्षेत्रमा आवश्यक विद्युत् आपूर्तिमा सहयोग पुर्‍याउने तथा अक्सिजन कन्सन्ट्रेटरले स्वास्थ्य उपचारमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

आईएफएमजीए माउन्टेन गाइड दोर्जी शेर्पाका अनुसार सोवर्स एक्सन नेपालले अब नुवाकोटका बाढीपहिरो प्रभावित समुदायलाई समेत आवश्यक राहत सामग्री वितरण गर्ने तयारी थालेको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा विद्युत्, स्वास्थ्य तथा अन्य अत्यावश्यक सेवाको पहुँचमा देखिएको समस्यालाई ध्यानमा राख्दै संस्थाले तत्काल आवश्यक सहयोगलाई प्राथमिकता दिएको शेर्पाले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर