२०८३ आश्विन २० • मंगलबार

सेनाद्वारा टनेलभित्र खोजी तथा उद्धार कार्यको अपडेट

Text size

काठमाडौं । नेपाली सेनाले रसुवाको भोटेकोशी बाडीबाट प्रभावित विभिन्न हाइड्रोका टनेलबाट गरिएको उद्धार तथा खोजी कार्य प्रगतिबारे आज जानकारी गराएको छ।

सेनाको आधिकारिक सामाजिक सञ्जालका अनुसार रसुवागढी हाइड्रोमा उद्दार टोली टलेनको करिब १५० मिटरभित्र पुगेको र ठूला चट्टानहरूको कारण भित्र जान नसकेकोले आज पुनःखोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ ।

त्यस्तै, सेनाका अनुसार लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार कार्य भईरहेको छ । चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले खोज तथा उद्धारको कार्य गरिरहेको छ ।

अपर त्रिशूली १, हाँकुमा ३नेपालीसेना को टोलीद्वारा खोज तथा उद्धार भईरहेको छ । त्रिशूली 3A मा ३नेपालीसेना सहितको ९३ जनाको संयुक्त उद्धार टोलीले ३ वटा स्काभेटर र १ वटा Bobcat बाट माटो पन्छाई Compressor Machine, Breaker तथा ब्लाष्टिङ्ग कार्य पश्चात टनेलको Outlet भेटिएको छ ।

वर्षाको कारण राति जमेको करिब १.५ मि. पानीलाई pump द्वारा फाल्ने कार्य गरिएको छ ।

त्रिशूली-3B मा #नेपालीसेना को ६१, गैरसैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलिले आयोजनाको कार्यालय र निवास पहिचान गरि उक्त इलाकासम्म पुग्न Excavator बाट बाटो बनाउने कार्य भइरहेको छ ।

त्यसैगरी, सेनाले प्रभावित क्षेत्रका जङ्गल, एवम् डाँडाहरूका साथै खोला र वस्ति इलाकामा स्थानीयहरूलाई सुरक्षा प्रत्याभूति दिलाई उद्धारको आवश्यकता मूल्याङ्कन गर्नको लागि पैदल गस्ती गरी आम जनसमुदायसँग अवस्था बुझ्ने कार्य भइरहेको जनाएको छ ।

त्रिशुली पारी कोलोनीदेखि तुप्चे, सोले बजार र नुवाकोट जिल्लाको विभिन्‍न स्थानहरुमा खोज तथा उद्दारको कार्य भईरहेको छ भने टिमुरे ईलाकामा फेला परेका शव ब्यवस्थापनको लागि त्रिशुली सम्म ल्याउन Sling Load Operation शुरु गरिएको छ ।

त्यस्तै, रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ९ हजार २ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सुचारु एवम् आपत्कालीन उपचार कार्य गरिरहेको जनाएको छ ।

फोटो स्रोत: नेपाली सेना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर