२०८३ आश्विन २० • मंगलबार

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

Text size

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को कार्यसमिति अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् ।

भर्खरै काठमाडौंमा सम्पन्न भएको नाट्टाको ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमिति निर्वाचनबाटसन् २०२६–२०२८ सम्मको नयाँ कार्यकालका लागि पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्ष पदका लागि भरतजंग पाण्डे, जिस्वान तुलाधर र युविका भण्डारी नेतृत्वका तीन समूहबीच त्रिपक्षिय प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा पाण्डेले १८८ मत प्राप्त गर्दै अध्यक्ष पदमा बाजी मारे ।

वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा २५१ मतसहित निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्षमा सविता केसी भट्टराई १७७ मत, महासचिवमा राजकुमार देवकोटा १५८ मत, सचिवमा रमेश पराजुली १९५ मत, कोषाध्यक्षमा डिकी शेर्पा २०८ मत तथा सहसचिव/सहकोषाध्यक्षमा जीवन कोइराला १६६ मतसहित निर्वाचित भएका छन्।

यसैगरी अन्य कार्यसमिति सदस्यमा स्मारिका थापा, प्रकाश लोहनी, नवीन गुरुङ, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल र विभास पौडेल निर्वाचित भएका छन्।

पर्यटन तथा ट्राभल ट्रेड क्षेत्रमा लामो अनुभव भएका पाण्डेका अपरेसन डाइरेक्टर हुन्। उनी यसअघि पनि ल्ब्त्त्ब् को कार्यसमितिमा रहेर पर्यटन प्रवर्द्धन, तालिम तथा ट्राभल ट्रेडसम्बन्धी गतिविधिमा सक्रिय रहँदै आएका छन्।

नयाँ नेतृत्वले आगामी दुई वर्षमा ट्राभल तथा टुर व्यवसायीका समस्या समाधान, सरकारी नीति सुधार, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवद्र्धन, डिजिटल रूपान्तरण तथा सदस्य सेवा सुदृढीकरणलाई प्राथमिकता दिनुपर्ने चुनौती छ।

त्यस्तै भारत, चीनलगायत प्रमुख पर्यटन बजारमा नेपालको प्रवद्र्धन विस्तार गर्दै नयाँ अन्तर्राष्ट्रिय बजार खोज्ने, अन्तर्राष्ट्रिय ट्राभल फेयर तथा बीटुबी कार्यक्रममार्फत नेपालको पर्यटनलाई थप मजबुत बनाउने जिम्मा अब नयाँ कार्यसमितिको काँधमा आएको छ ।

पाण्डेको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिले आगामी दुई वर्ष नेपालका ट्राभल तथा टुर व्यवसायीको साझा आवाजका रूपमा काम गर्दै पर्यटन क्षेत्रको व्यवसायिक वातावरण सुधार र अन्तर्राष्ट्रिय बजार विस्तारमा भूमिका खेल्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर