२०८३ आश्विन २० • मंगलबार

ट्राभल व्यवसायीको चुनावी सरगर्मी बढ्यो : त्रिपक्षीय भिडन्त

Text size

काठमाडौं। ट्राभल एजेन्सीहरुको छाता संगठन नेपाल एसोसिएन अफ टुर एण्ड ट्राभल (नाट्टा)को नयाँ नेतृत्वका लागि सरगर्मी बढेको छ । नाट्टाको कार्यसमितिको नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

यही साउन २९ गते काठमाडौंमा हुने ५९ औँ वार्षिक साधारणसभा तथा २५ औँ कार्य समितिको निर्वाचनका लागि तीन समूह आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रने तयारीमा रहेका छन् । तिनै समुहले आ- आफ्नो पक्षमा प्रचार प्रसार गर्न शुरु गरिसकेका छन् ।

नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष जिस्वान तुलाधर श्रेष्ठ, महासचिव युविका भण्डारी र भरत जंग पाण्डेले आ-आफ्नो प्यानल बनाएरै प्रचारमा होमिसकेका छन् ।

युविका भण्डारी अध्यक्ष रहेको प्यानलमा वरिष्ठ उपाध्यक्ष बरुण मेहता, उपाध्यक्ष धकनाथ काफ्ले, महासचिव कृष्ण प्रसाद ढकाल, सचिव श्रद्धा जोशी, कोषाध्यक्ष रमाकुमारी प्याकुरेल र सहकोषाध्यक्षमा विदुर खतिवडा रहेका छन्।

यस्तै सदस्यहरुमा प्रदिपप्रसाद उदय, विवस पौडेल, श्रीराम थापा, स्मारिका थापा, संकेत दाहाल, डा. उमेश गुप्ता र होमबहादुर परियार रहेका छन्।

अध्यक्षपदका उम्मेद्वार जिस्वा तुलाधर श्रेष्ठको प्यानलमा वरिष्ठ उपाध्यक्ष प्रकाश थापा, उपाध्यक्ष प्रज्ञा पाठक, महासचिव सुशिल पन्त, सचिव रमेश घिमिरे, कोषाध्यक्ष कृष्णप्रसाद ढकाल र सहकोषाध्यक्षमा डा. विमला ढकाल रहेकी छिन्।

यस्तै सदस्यहरुमा त्रिलोचन न्यौपाने, अनु अधिकारी, सुर्दशन गजुरेल, दिनेश घिमिरे, रोमण सापकोटा, अशोक कुमार वानिया र रोजिना रन्जित रहेकी छिन्।

यसैगरी भरतजंग पाण्डे अध्यक्षको उम्मेदवार रहेको प्यानलमा वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सबिता के. भट्टराई, महासचिवमा राजकुमार देवकोटा, सचिवमा रमेश पराजुली, कोषाध्यक्षमा डिकी शेर्पा तथा सह–कोषाध्यक्षमा जीवन कोइराला उम्मेदवार रहेका छन्।

त्यसैगरी कार्यसमिति सदस्यमा दिनानाथ पाण्डे (प्रकाश), दिनेश मैनाली, दीपक मरासेनी, नविन गुरुङ, प्रकाश लोहानी, सरला सापकोटा, सुमनलाल श्रेष्ठ र स्वस्तिका प्रधान उम्मेदवार रहेका छन्।

तिनवटै प्यालनललै आ-आफ्नो प्यानल विजयी हुने दावी गर्दैआएका छन् । नयाँ कार्यसमितिको लागि हुने यो त्रिपक्षिय भिडन्त रोचक हुने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर