२०८३ आश्विन २० • मंगलबार

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीहरूको सम्झनामा दीप प्रज्वलन तथा स्मृति सभा

Text size

काठमाडौं । पाकिस्तानको ब्रोड पिकको हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीहरूको सम्झनामा शनिबार बौद्धमा दीप प्रज्वलन तथा स्मृति सभा कार्यक्रम गरिएको छ।

शेर्पा पर्यटन व्यवसायी संघ, नेपाल, एभरेस्ट समिटर्स क्लब अफ ओखलढुंगा र ओखलढुंगा पर्यटन विकास समितिको संयुक्त आयोजनामा शुक्रबार साँझ काठमाडौंको बौद्धमा कार्यक्रम गरिएको हो।

कार्यक्रममा ब्रोड पिकमा ज्यान गुमाएका आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान र स्मृतिलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

शेर्पा पर्यटन व्यवसायी संघ, नेपालका अध्यक्ष पासाङ शेर्पाका अनुसार कार्यक्रममा निर्मल पुर्जा (निम्स दाइ), पुरबहादुर गुरुङ (युक्ता), निमा शेर्पा, ग्यालु शेर्पा, ङवाङ ठिन्डु शेर्पा, किली पेम्बा शेर्पा (किलु), सोहेल साखी, मेलोरी गेइस, नधिरा अल हार्थी र वाङ जोङलगायत ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका दशैजना आरोहीहरूको सम्झनामा दीप प्रज्वलन गरिएको हो। “हामीले सम्झिरहेका छौं, हामी सम्मान गरिरहेनेर्छौं र हामीसँगै छौं” भन्ने भावना सहित सम्पन्न गरिएको कार्यक्रममा सहभागीहरूले दिवंगत आरोहीहरूको आत्माको शान्तिको कामना गर्दै सामूहिक प्रार्थना समेत गरेका थिए।

शेर्पाले ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका आरोहीहरूको स्मृतिलाई जीवित राख्न तथा उनीहरूप्रति सम्मान र ऐक्यबद्धता व्यक्त गर्न सबैलाई आह्वान गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर