
काठमाडौं । चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्ठी शुक्रबार काठमाडौंमा आइपुगेकी छन् । एक कार्यक्रममा सहभागी हुन उनि काठमाडौंमा आइपुगेकी हुुुन् ।
शुक्रबार देखी सोल्टी होटलमा सुरु हुन लागेको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन शिल्पा नेपाल आएकी हुन् ।
दुई दिने यो कार्यक्रममा सहभागी हुन बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि आउने बताइएको छ । कार्यक्रममा मनीषा कोइराला पनि सहभागी हुनेछिन् ।
सम्मेलनमा भारतसहित विभिन्न ७ मुलुकका करिब ५ सय ५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, गन्तव्य विशेषज्ञ सहभागी हुनेछन् ।
यो कार्यक्रमको उद्देश्य नेपाललाई लक्जरी वेडिङको गन्तव्यको रुपमा स्थापना गर्नु रहेको आयोजकले बताएको छ ।

