२०८३ आश्विन २० • मंगलबार

गएको आर्थिक वर्ष नेपालमा १२ लाखभन्दा बढी पर्यटक भित्रिए

Text size

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख भन्दा बढी पर्यटक भित्रिएका छन् । गएको आर्थिक वर्षमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक आगमन भएको हो ।

नेपाल पर्यटन बोर्डका अनुसार सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक भारतबाट आएका छन् भने संयुक्त राज्य अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्यांकअनुसार भारत नेपालको सबैभन्दा ठूलो स्रोत बजार बनेको छ । कुल आगमन मध्ये भारतको हिस्सा करिब २५.७६ प्रतिशत रहेको छ । भारतपछि अमेरिका दोस्रो तथा चीन तेस्रो प्रमुख पर्यटक स्रोत बजारका रूपमा रहेका छन् ।

त्यसपछि बंगलादेशबाट ५८ हजार १ सय ६३, बेलायतबाट ५६हजार ६ सय ४९, अष्ट्रेलियाबाट ५३ हजार १ सय ९५, श्रीलंकाबाट ४३ हजार २ सय ११, भुटानबाट ३६ हजार २ सय ८९, म्यानमारबाट ३०हजार ७ सय ३७, जर्मनीबाट २९ हजार २ सय ९६, थाइल्यान्डबाट २७ हजार २ सय १, जापानबाट २५हजार ७ सय ६२ तथा मलेसियाबाट २५ हजार ६ सय ४० पर्यटक नेपाल आएका छन् ।

जसमा सबैभन्दा बढी कात्तिकमा सबैभन्दा बढी १ लाख २४ हजार ८ सय २९ विदेशी पर्यटक नेपाल आएका छन् । त्यसपछि चैतमा १ लाख १९ हजार ३ सय ९०, फागुनमा १ लाख १४ हजार १ सय ५२ र असोजमा १ लाख ११ हजार ७ सय ८० पर्यटक आगमन भएको तथ्यांकले देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर