२०८३ आश्विन २० • मंगलबार

होटल संघ नेपालको बागमती प्रदेश समितिको घोषणा

Text size

काठमाण्डौ । होटल संघ नेपालले बागमती प्रदेश समितिको घोषणा गरेको छ ।

संघले बागमती प्रदेश समितिको तदर्थ समिती भिलेज हाइल्यान्ड रिसोर्ट, रानिकोटका प्रबन्ध निर्देशक समेत रहेका राम सुन्दर बकेको नेतृत्वमा तदर्थ समिति घोषणा गरेको हो ।

पर्यटन तथा आतिथ्य क्षेत्रलाई थप व्यवस्थित, प्रभावकारी र संस्थागत बनाउने उद्देश्यका साथ शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत समितिको औपचारिक रुपमा घोषणा गरिएको हो।

समितिको उपाध्यक्षमा नेत्रजंग थापा, महासचिवमा शिवराज दुवाडी र कोषाध्यक्षमा लीना खड्का चयन भएका छन्। यस्तै, समीर लामा, राजाराम सिलवाल र विनोद जिरेल सदस्य रहेका छन् भने घनश्याम श्रेष्ठ, ज्ञानेन्द्रकुमार बिष्ट, प्रेमकान्त श्रेष्ठ र सत्यराम सुवाल सल्लाहकार चयन भएका छन् ।

अध्यक्ष बकेले समितिको गठनले नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे। उनले पर्यटन उद्योगको समग्र विकास, आतिथ्य क्षेत्रको सुदृढीकरण तथा सरकार–निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन समिति सक्रिय रूपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

होटल संघ नेपालले संघीय संरचनाअनुरूप आफ्नो संगठनलाई प्रदेशस्तरसम्म विस्तार गर्दै बागमती प्रदेश समिति गठन गरेको छ।

संघले स्थापना भएको ६ दशक पूरा गरी हिरक जयन्ती वर्ष मनाइरहेका बेला देशभर प्रादेशिक संरचनाको विस्तारलाई तीव्रता दिएको जनाएको छ। यसअघि कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा समितिहरू गठन भइसकेका छन् भने बागमती प्रदेश समितिको गठनसँगै संघको प्रदेश विस्तार अभियानले थप पूर्णता पाएको छ।

संघका कार्यवाहक अध्यक्ष प्रविणबहादुर पाण्डेले प्रदेशका प्रमुख पर्यटन गन्तव्यमा आतिथ्य सेवालाई थप व्यवस्थित, प्रभावकारी र सुदृढ बनाउन तदर्थ समिति गठन गरिएको बताए। “हामीले पर्यटकको उच्च आवागमन हुने क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेशस्तरीय तदर्थ समितिहरू गठन गर्दै आएका छौं,“ उनले भने।

पाण्डेले संघको संस्थागत उपस्थितिलाई अझ बलियो बनाउन काठमाडौं र ललितपुरमा क्षेत्रीय कार्यालय स्थापना आवश्यक रहेको उल्लेख गरे।

होटल व्यवसायलाई कानुनी मान्यता प्रदान गर्न सके पर्यटकलाई उपलब्ध विशेष सेवा–सुविधाको प्रभावकारी प्रवद्र्धन र प्रचारप्रसारमा समेत टेवा पुग्ने उनको भनाइ थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर