
काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो बर्ष भन्दा गएको बर्ष बढी पर्यटक भित्रिएका छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटक आगमन बढेको पाइएको हो ।
गत आर्थिक वर्षमा दुई लाख ७२ हजार ९२३ पर्यटक उक्त क्षेत्रमा आएकामा अघिल्लो आवमा दुई लाख ३१ हजार ३२९ पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।
सार्क मुलुकका २२ हजार ८ सय ८३ तथा अन्य मुलुकका ८८ हजार ६ सय ६५ पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन् ।
एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि पर्यटक निकुञ्ज पुग्ने गरेका छन् ।
गत आर्थिक वर्षमा निकुञ्जले पर्यापर्यटनबाट रु २७ करोड ६३ लाख ३९ हजार ९ सय ५० राजस्व सङ्कलन गरेको जनाएको छ । काठदाउरा, गैरकाष्ठ वन पैदावार बिक्री, जरिवाना लगायत शीर्षकमा रु ३१ करोड एक लाख ६४ हजार ५ सय ५१ राजस्व सङ्कलन भएको जनाईएको छ ।

