२०८३ आश्विन २० • मंगलबार

नेपाल आयल निगम लिमिटेडले घटायो, इन्धनको मूल्य

Text size

काठमाडौँ। नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँले घटाउने निर्णय गरेको छ ।

निगमको निर्णय अनुसार पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी-वीरगञ्जमा पेट्रोल प्रतिलिटर १ सय ९४ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल १ सय ९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत-दाङमा पेट्रोल प्रतिलिटर १ सय ९६ रुपैयाँ, डिजेल, मट्टितेल १ सय ९४ रुपैयाँ , तेस्रो वर्ग काठमाडाैं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १ सय ९७ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १ सय ९५ रुपैयाँ कायम गरिएकाे छ।

खाना पकाउने एलपी ग्यासको मूल्य अब प्रतिसिलिन्डर अर्थात् १४ दशमलव २ किलोको २ हजार ६० रुपैयाँ पर्ने भएकाे छ। त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २ सय २९ रुपैयाँ कायम गरिएकाे निगमले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे हाे।

अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पोखरामा एक हजार एक सय डलर र भैरहवामा एक हजार ८५ डलर तोकिएको छ । पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय हवाई इन्धनको हकमा भने निगमले ‘ब्रेकइभन पोइन्ट’ मा यो बिक्री मूल्य कायम गरेको जनाएको हाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर