
काठमाडौँ। नेपालमा दुर्लभ एकसिङ्गे गैँडाहरूको संख्या हाल वृद्धि भएर ७५० भन्दा बढी पुगेको छ। दुर्लभ एकसिङ्गे गैँडाहरूको संख्यामा भएको यो उत्साहजनक वृद्धि वन्यजन्तु संरक्षणमा विश्वसामु नेपालले प्रस्तुत गरेको एक उत्कृष्ट उदाहरण हो ।
सन् १९६८ को दशकमा दुर्लभ एकसिङ्गे गैँडाहरू १०० भन्दा कमको संख्यामा खुम्चिएको थियो।
सन् १९७३ मा चितवन राष्ट्रिय निकुञ्जको स्थापनासँगै सुरु भएको समुदायमा आधारित संरक्षण अभियान र 'शून्य सिकार वर्ष' जस्ता ऐतिहासिक उपलब्धिहरूले नै नेपालको यो संरक्षण यात्रालाई सफल र प्रेरणादायी बनाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उल्लेख गरेको छ।


