
काठमाडौँ। नेपालमा हिउँ चितुवाको संख्या ३९७ रहेको नवीनतम राष्ट्रिय सर्वेक्षण (२०२५) ले देखाएको छ।
विशेषगरी ३,००० मिटरभन्दा माथिका कञ्चनजङ्घा, गौरीशङ्कर, मनास्लु, अन्नपूर्णदेखि डोल्पा र हुम्लाका हिमाली भेगमा यिनीहरूको बासस्थान रहेको छ।

उच्च हिमाली क्षेत्रको शान, 'हिउँ चितुवा' (Snow Leopard) नेपालको एक दुर्लभ र मनमोहक वन्यजन्तु हो। हिउँदको समय, अर्थात् डिसेम्बरदेखि फेब्रुअरीसम्म यी सुन्दर 'हिउँ चितुवा'हरूको अवलोकनका लागि सबैभन्दा उपयुक्त मानिन्छ।

