२०८३ आश्विन २० • मंगलबार

अर्थ–राजनीतिकमा देखिएको संस्थागत प्रभावको चक्र अन्त्यको चरणमा: अर्थमन्त्री

Text size

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थ–राजनीतिक प्रणालीमा लामो समयदेखि देखिँदै आएको संस्थागत र नीतिगत प्रभावको चक्र अन्त्यको चरणमा पुगेको बताएका छन्।

नेपाल उद्योग परिसंघद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले सुशासन, पारदर्शिता र प्रतिस्पर्धामूलक वातावरण निर्माणलाई प्राथमिकतामा राखेर आर्थिक सुधारका कार्यक्रम अघि बढाएको बताए।

उनले विगतमा सीमित व्यक्ति तथा समूहको प्रभावमा रहेका राजनीतिक, प्रशासनिक र नियामक संयन्त्रहरूलाई सुधार गर्दै राज्य संयन्त्रलाई थप उत्तरदायी र प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको दाबी गरे।

अर्थमन्त्री वाग्लेले राज्यको भूमिका नियमन, सहजीकरण र अवसर सिर्जनामा केन्द्रित हुने उल्लेख गर्दै निजी क्षेत्रलाई उत्पादन, लगानी, रोजगारी विस्तार र राजस्व योगदानमार्फत अर्थतन्त्रको प्रमुख चालक शक्तिका रूपमा अघि बढ्न आग्रह गरे। सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै आर्थिक सुधारलाई निरन्तरता दिने उनको भनाइ थियो।

सेवा प्रवाहलाई सरल, छरितो र पारदर्शी बनाउन डिजिटलीकरणलाई विशेष प्राथमिकता दिइएको उनले बताए। नागरिक एपमार्फत सरकारी सेवाको पहुँच विस्तार, कम्पनी दर्तालगायतका प्रशासनिक प्रक्रियाको सरलीकरण तथा अनावश्यक झन्झट हटाउने काम भइरहेको उनको भनाइ छ।

उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा डिजिटल शासनको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिँदै आएको छ, जसले नागरिकलाई सहज र छिटो सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

पूर्वाधार विकासका आयोजनामा देखिने ढिलासुस्ती र जटिलताहरू हटाउन सार्वजनिक खरिद, ठेक्का प्रक्रिया, जग्गा अधिग्रहण तथा मुआब्जासम्बन्धी व्यवस्थामा कानुनी र नीतिगत सुधार थालिएको पनि उनले जानकारी दिए।

बजेट कार्यान्वयनलाई परिणाममुखी बनाउन आवश्यक रकमान्तर तथा प्रशासनिक लचकताको व्यवस्था गरिएको उल्लेख गर्दै उनले विकास खर्चलाई गति दिने वातावरण निर्माणमा सरकार केन्द्रित रहेको बताए। सीमावर्ती क्षेत्र तराईमा जंगली हात्तीको संख्या उल्लेखनीय रूपमा वृद्धि

काठमाडौं । नेपाल र भारतको सीमावर्ती क्षेत्र मध्य तराई भू–परिदृश्य (सेन्ट्रल तराई ल्यान्डस्केप) मा जंगली हात्तीको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ।

नेपालका चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज तथा भारतको वाल्मीकि टाइगर रिजर्भ समेटिएको यस भू–परिदृश्यमा ३ हजार वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफलमा अझै पनि अखण्ड वन क्षेत्र कायम रहेको छ। यस क्षेत्रमा हाल ८० भन्दा बढी जंगली हात्ती, करिब ७ सय एकसिङ्गे गैँडा र झण्डै २ सय बाघको बासस्थान रहेको बताइएको छ।

सन् १९८० को दशकसम्म यस क्षेत्रमा केवल १३ वटा जंगली हात्ती मात्र रहेको अभिलेख पाइए पनि हाल स्थायी रूपमा बसोबास गर्ने हात्तीको संख्या ८० नाघिसकेको छ। संरक्षणकर्मीहरूका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने हात्तीहरू पूर्वी नेपालको झापा हुँदै पश्चिमतर्फ सर्दै चितवन राष्ट्रिय निकुञ्जसम्म पुग्ने गरेका छन्। तीमध्ये धेरै हात्ती नेपालमै स्थायी रूपमा बस्न थालेका छन्।

यसैबीच बढ्दो जनसंख्या, पूर्वाधार निर्माण र भूमिको उपयोगमा आएको परिवर्तनका कारण वन क्षेत्रमाथि दबाब बढेको छ। पछिल्ला केही दशकमा मध्य तराई भू–परिदृश्यमा करिब २५ प्रतिशत वन क्षेत्र नष्ट भएको तथा वन क्षेत्रहरू खण्डीकरणको समस्याबाट प्रभावित भएको अध्ययनहरूले देखाएका छन्।

विशेषज्ञहरूका अनुसार हात्तीको बसाइँसराइ र स्थायी बसोबासको वर्तमान प्रवृत्ति जारी रहेमा भविष्यमा यस क्षेत्रमा हात्तीको संख्या अझ बढ्न सक्छ। यसले मानव–हात्ती द्वन्द्वका घटनाहरू पनि वृद्धि हुने सम्भावना रहेको उनीहरूको चेतावनी छ।

हात्तीको संख्या मा वृद्धि भएसँगै मानव–हात्ती द्वन्द्व व्यवस्थापन प्रमुख चुनौतीका रूपमा देखिएको छ। यही चुनौतीलाई मध्यनजर गर्दै मध्य तराई भू–परिदृश्यमा मानव र हात्तीबीचको सहअस्तित्वलाई सुदृढ बनाउने उद्देश्यसहित नयाँ संरक्षण परियोजना अघि बढाइएको छ। परियोजनाले मानव–हात्ती द्वन्द्वका प्रमुख कारणहरूको पहिचान गरी दीर्घकालीन समाधान खोज्ने तथा स्थानीय समुदाय र वन्यजन्तुबीच सहअस्तित्व प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर