
काठमाडौं । एसियन गेम्स क्रिकेट छनोट प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुर प्रस्थान गर्ने तयारीमा रहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विशेष कार्यक्रम आयोजना गरी टोलीलाई बिदाइ गरेको हो । उक्त प्रतियोगिता मे ३१ तारिखदेखि सिंगापुरमा सुरु हुँदैछ ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ, जहाँ नेपालले मलेसिया र चीनसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र आयोजक सिंगापुर रहेका छन् ।
यसअघि समूह ‘ए’ मा समावेश रहेको कतारले भने प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिइसकेको छ ।

