२०८३ आश्विन २० • मंगलबार

हुम्ला हुँदै कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीको आगमन बढ्दै

Text size

काठमाडौँ । वर्षायाम शुरु भएसँगै हुम्लाको सिमकोट हुँदै चीनको कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकहरूको आगमन बढ्न थालेको छ ।

सिजन शुरु भएको चार दिनमै नेपालगन्ज–सिमकोट–हिल्सा मार्ग प्रयोग गर्दै भारतीय तीर्थयात्री हुम्ला आइपुगेका छन् ।

सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंहका अनुसार हवाईमार्ग हुँदै आउने तीर्थयात्रीहरूको सङ्ख्या क्रमशः बढ्दै गएको छ।

हुम्लाको हिल्सा नाका हुँदै कैलाश मानसरोवर यात्रा गर्ने भारतीय पर्यटकको आवागमन यस वर्ष अझ बढ्ने अपेक्षा गरिएको छ । विसं २०७२ को भूकम्पपछि भारतीय पर्यटकहरूले हिल्सा नाका प्रयोग गर्न थालेका थिए ।

कोरोना महामारीका कारण केही वर्ष बन्द रहेको हिल्सा नाका गत वर्षदेखि पुनः सञ्चालनमा आएको हो । चीन सरकारले भारतीय तीर्थयात्रीलाई हिल्सा मार्ग हुँदै कैलाश मानसरोवर यात्रा गर्न अनुमति दिएपछि गत वर्ष मात्रै चार महिनाको अवधिमा ६ हजार ५ सय भारतीय पर्यटकले उक्त तीर्थ यात्रा पूरा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर